पत्रपत्रिका

गैरकानूनी रुपमा बसोबास गर्ने ९६ विदेशी देश फिर्ता, सवैभन्दा बढी चिनियाँ

Banner

काठमाडौं– आजको राजधानी दैनिकले सर्वोच्चको प्राथमिकतामा परेनन् भ्रष्टाचारका मुद्दा शीर्षकमा न्यायालयको समाचारलाई मुख्य समाचारका रुपमा छापेको छ ।

समाचारमा जनाइएअनुसार मुद्दा स्थगित गर्ने र पेसी चढाउने शृंखलाले निरन्तरता पाएको तथा भ्रष्टाचारसम्बन्धी ६ सयभन्दा बढी मुद्दाको पेसी अगाडि बढ्न नसकेको उल्लेख छ ।

त्यसैगरी पत्रिकाले चिकित्सकको आन्दोलनको समाचारलाई पनि पहिलो पृष्ठमा छापेको छ । चिकित्सकले दिए ७२ घण्टे अल्टिमेटम शीर्षकमा समायोजन प्रक्रियाविरुद्ध आन्दोलनमा उत्रँदै आएका चिक्रित्सकले माग पूरा गराउन सरकारलाई ७२ घण्टाको अल्टिमेटम दिएको समाचारमा उल्लेख छ ।

यसैगरी पत्रिकाले देशभरका अर्बौं मूल्यका जग्गा हडपिएको सरकारी निष्कर्ष शीर्षकमा अर्को समाचार छ । हडपिएका जग्गा खोज्न आयोग गठनको निर्णय भएको समाचारमा उल्लेख छ ।

सरकारी अधिकारीहरुका अनुसार भूमाफियाहरुले ललिता निवास लगायत अन्य महत्वपूर्ण पाँच स्थानका गरी १ हजार २९८ सरकारी जग्गामा पनि बारम्बार आँखा लगाइँदै आइरहेको पाइएको छ ।

त्यसैगरी गैरकानुनी रुपमा बसोबास गर्ने ९६ विदेशी देश फिर्ता शीर्षकमा पत्रिकाले अर्को समाचार पहिलो पृष्ठमा छापेको छ ।

लागूऔषध ओसारपसार र सुन तस्करीमा गगैरकानूनी कार्यमा संलग्न रहेका ९६ विदेशी नागरिकलाई सरकारले उनीहरुकै देश फिर्ता गरेको छ ।

अध्यगमन विभागका अनुसार चालू आर्थिक वर्षको ८ महिनाको अवधिमा ९६ जनालाई देश फिर्ता गरिएको हो । सहज भिसाका कारण समस्या बढेको समाचारमा जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>