पत्रपत्रिका
आयोगको लापरबाही : १९ करोडको मतदाता शिक्षा सामग्री खेर
काठमाडौं– २०७५ चैत २९ गते शुक्रबार । आजको नयाँ पत्रिकाले गत वर्ष भएको स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा चुनावमा राज्यकोषको चरम दुरुपयोग भएको पाइएको समाचार मुख्य समाचारका रुपमा छापेको छ।
चुनाव गराउँदा निर्वाचन आयोगले राज्यकोषबाट करोडौं फजुल खर्च गरेको महालेखाले औल्याएको छ । मतपत्र छपाइ, भत्ता, मतदाता शिक्षा लगायतमा ठूलो आर्थिक अनियमितता देखिएको समाचारमा उल्लेख छ ।
समाचारअनुसार मतपत्रको ढाँचामाािथ नै विवाद हुुँदाहुँदै ११ करोड ७२ लाखको नमुना मतपत्रसहितको सामग्री तयार भएको उल्लेख छ । अदालतले ढाँचा परिवर्तन गर्न आदेश दिएपछि पनि लगातार चार दिनसम्म यस्ता सामग्री छाप्दा थप ७ करोड ५४ लाख अपव्यय भएको समाचारमा उल्लेख छ ।
यसैगरी नयाँ पत्रिकाले आर्थिक वर्ष ०७४/०७५ मा ललितपुर महानगरपालिकाले सडक निर्माणमा भन्दा पदाधिकारी र कर्मचारीको सेवा सुविधिामा बढी बजेट खर्च गरेको समाचार पनि पहिलो पृष्ठमा छापेको छ ।
महानगरले पादाधिकारी र कर्मचारीको तलबभत्तामा मात्र १५ करोड खर्चेको छ । तलब शीर्षकमा ८ करोड ८५ लाख र बैठकभत्ता शीर्षकमा ६ करोड २४ लाख ४७ हजार रुपैयाँ खर्च गरेको महालेखापरीक्षकको प्रतिवेदनले औल्याएको छ ।
‘म्याद सकिन लागेका औषधि टेकु अस्पतालद्वारा खरिद शीर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमा छापिएको छ । ८५ वर्षअघि शहीद शुक्रराज शास्त्रीका नाममा स्थापना गरिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अहिले आफै थला परेको छ ।
सरकारी चिकित्सकको आन्दोलनलाई चिकित्सक संघको समर्थन शीर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमा छ ।
डाक्टरहरुको छाता संगठन नेपाल चिकित्सक संघले आन्दोलनरत डाक्टरको माग सम्बोधन गर्न ७२ घण्टे अल्टिमेटम दिएको छ । संघका महासचिव डा लोचन कार्काीले सो अवधिभित्र माग सम्बोधनको पहल नभए देशभरका सवै सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्था ठप्प पार्ने चेतावनी दिए ।
यसैगरी पत्रिकाले स्ववियू निर्वाचन १० जेठ भित्रै गर्ने प्रस्ताव सहितको समाचार पनि छापेको छ ।