अन्तर्राष्ट्रिय

दलाई लामाको स्वास्थ्यमा सुधार

Banner

दिल्ली– छातिको संक्रमणपछि अस्पताल भर्ना भएका तिब्बती धर्मगुरु दलाई लामाको स्वास्थ्यमा उल्लेख्य सुधार आएको उनका प्रवक्ताले जनाएका छन् ।

समाचार संस्था रोयटर्सले दलाई लामाका प्रवक्ता छेतेन साम्डुप छोएक्यापालाई उद्धृत गर्दै जनाएअनुसार धर्मगुरु छातिको संक्रमणबाट करिब पूर्ण रुपमा निको भइसकेका छन् ।

यद्यपि उनलाई अस्पतलले डिस्चार्ज गर्ने मिति भने स्पष्ट नभइसकेको बताइएको छ ।

हाल भारतमा निर्वासित जीवन बिताइरहेका ८३ वर्षीय धर्मगुरु दलाई लामा छातिमा संक्रमण देखिएपछि गतसाता भारतको राजधानी दिल्लीस्थित अस्पताल भर्ना गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>