खेलकुद

ओलम्पिक छनोट खेल्न म्यानमार पुगेको महिला फुटबल टोली स्वदेश फिर्ता

Banner

काठमाडौं– नेपाली राष्ट्रिय महिला फुटबल टोल ओलम्पिक छनोटको दोस्रो चरण खेलेर स्वदेश फर्किएको छ । म्यानमारमा सम्पन्न ओलम्पिक छनोटमा २ खेलमा हार र एक खेलमा जीत हात पारेको नेपाली टोली बिहीबार अपराह्न स्वदेश फर्किएको हो ।

भारत र म्यानमारसँग समान ३—१ गोल अन्तरले पराजित भएको महिला टोलीले अन्तिम खेलमा इन्डोनेसियालाई २—१ पराजित गर्दै सुखद् अन्त्य गरेको थियो ।

बिहीबार स्वदेश फर्किएपछि विमानस्थलमा सञ्चारर्कीहरुसँग बोल्दै मुख्य प्रशिक्षक हरि खड्काले खेलाडीको प्रदर्शनमा आफु सन्तष्ट रहेको प्रतिक्रिया दिएका छन् ।

उनले भने, “दोस्रो चरणको खेल नतिजाका हिसावले उपलव्धिमूलक नभए पनि खेलाडीको प्रदर्शनमा सन्तुष्ट छु । सोचजस्तो उपलव्धि भएन । मैदानमा यसअघिका कमजोरीहरु दोहोरिए ।”

ओलम्पिक छनोटको दोस्रो चरणबाट म्यानमार र भारत अर्को चरण प्रवेश गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>