समाचार

सर्वोच्च र उच्च अदालतका न्यायाधीश नियुक्तिबारे सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

Banner

काठमाडौं– सर्वोच्च र उच्च अदालतका न्यायाधीश नियुक्ति तथा सिफारिस सम्बन्धी न्याय परिषदको निर्णयमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश तेज बहादुर केसीको इजलाशले न्याय परिषदका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

अधिवक्ता भक्त बहादुर विश्वकर्माले जारी गरेको रिटमाथि सुनुवाइ गर्दै बिहीबार सर्वोच्च अदालतले सर्वोच्च र उच्च अदालतका न्यायाधीश नियुक्ति तथा सिफारि गर्नेसम्बन्धी निर्णयबारे कारण देखाउ आदेश जारी गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा अध्यक्ष रहेको न्याय परिषदको गत मंगलबार (चैत १९ गते)को वैठकले सर्वोच्चमा ५ र उच्च अदालतमा १७ जना न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो ।

उच्च अदालतमा सिफारिस भएका १७ जना न्यायाधीशले बुधबार बिहान मात्रै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाबाट पद तथा गोपनीयताको ग्रहण गरिसकेका छन् ।

सर्वोच्च अदालतका लागि सिफारिस भएका ५ जना न्यायाधीशको भने संसदीय सुनुवाइ प्रक्रिया जारी छ । संसदीय सुनवाइ समितिको गत बिहीबार (चैत २१ गते) बसेको वैठकले ५ जना न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>