समाचार

सुरक्षा खतराको सामना गर्न सेना तयार रहनुपर्छ : प्रधानमन्त्री ओली

Banner

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विद्यमान सुरक्षा चुनौतीको सामना गर्न नेपाली सेना सदैव तयार रहनुपर्ने बताएका छन् ।

बिहीबार भक्तपुरको खरिपाटीमा आयोजित सैनिक अधिकृतहरुको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विद्यमान सुरक्षा चुनौतीको सामना गर्न सेना तयार रहनुपर्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले नेपालको एकीकरण र नेपाली सेनासँगको सम्बन्ध अन्योन्याश्रित रहेको उल्लेख गर्दै खण्डित भूगोललाई एकीकृत गरी सेनाले निपाल निर्माण गरेको बताए ।

लामो अस्थिरतापछि देश अहिले स्थायित्व, सुदृढ व्यवस्था र तीब्र विकासको बाटोमा अगाडि बढिरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले विकासका लागि सुरक्षा र सुरक्षा सुदृढिकरणका लागि विकास अपरिहार्य रहेको समेत बताए ।

प्रधानमन्त्री ओलीले विद्यमान तथा भविष्यमा समेत उत्पन्न हुनेसक्ने विविध सुरक्षा खतराबारे सेना चनाखो हुनुपर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>