समाचार

विप्लव समूहका नेता हेमन्तप्रकाश वलीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

Banner

काठमाडौं– सर्वोच्च अदालतले विप्लव समूहका नेता हेमन्त प्रकाश वलीलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ ।

उनको रिहाइको माग गर्दै दायर भएको बन्दीप्रत्यक्षीकरणको रिट समेत सर्वोच्चले खारेज गर्दै थुनामुक्त गर्न नमिल्ने फैसला गरेको हो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिल कुमार सिन्हा र टंकबहादुर मोक्तानको इजलाशले हेमन्तकी छोरी विपनाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट बुधबार खारेज गरेको हो ।

यसअघि चैत १४ गते बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासले हेमन्तप्रकाश वलीसहितका बन्दीलाई अदालतमा उपस्थित गराउन सरकारका नाममा आदेश जारी गरेको थियो ।

सरकारले गत फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल कार्यालयमा भएको बम विस्फोटमा संलग्न रहेको भन्दै वलीसहित विप्लव समूहका अन्य नेतालाई पनि पक्राउ गरेको थियो ।

नेता वलीले विभिन्न सञ्चारमाध्यममा फोन गर्दै १ जनाको ज्यान जानेगरी भएको नख्खु बम विस्फोटको जिम्मा लिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>