खेलकुद

ओलम्पिक छनोट : नेपालको सान्त्वना जीत

Banner

काठमाडौं– ओलम्पिक छनोट दोस्रो चरणको अन्तिम खेलमा नेपालले जीत हात पारेको छ । म्यानमारमा भएको खेलमा नेपाली महिला टोलीले इन्डोनेसियालाई २—१ पराजित गर्दै सान्त्वना जीत हासिल गरेको हो । दुवै गोल नेपाली फरवार्ड सावित्रा भण्डारीले गरिन् ।

यसअघि भारत र म्यानमारसँग पराजित नेपालले आज इन्डोनेसियालाई पराजित गर्दै सुखद् अन्त्य गरेको छ । समूह ए मा रहेको नेपालले जीतसँगै ३ अंक जोडेको छ भने पराजित इन्डोनेसिया अंक बिहीन बनेको हो ।

यस्तै, २०२० मा जापानको टोकियोमा हुने ओलम्पिकका लागि म्यानमार प्रवेश गरेको छ । भारतसँग ३—३ गोल बराबरी खेलेको म्यानमार समूह चरणमा शीर्ष स्थानमा रहँदै ओलम्पिक छनोटको अर्को चरण प्रवेश गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>