समाचार

सर्वोच्चको आदेशले लाखौं नेपालीलाई नागरिकताबाट बन्चित गर्न खोज्यो–राजपा

Banner

काठमाडौं– राष्ट्रिय जनता पार्टी(राजपा) ले सर्वोच्च अदालद्वारा नागरिकताका विषयमा चैत २५ गरे जारी गरेको आदेश प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

गृह मन्त्रालयले चैत १९ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखि जन्मका आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिने निर्णय कार्यन्वयन गर्न निर्देशन जारी गरेकोमा सर्वाेच्च अदाललते उक्त निर्देशनलाई कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको प्रति ध्यानाकर्षण भएको राजपाले जनाएको छ ।

राजपाका संयोजक शरतसिंह भण्डारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘संविधानको धारा ११ को उपधारा ३ को व्यवस्था विपरित र यस अघि सर्वाेच्च अदालतद्वारा नै जन्मका आधारमा नागरिकता लिएका नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन गरिएको आफ्नै आदेश विरुद्ध लाखौं नेपालीलाई नागरिकताबाट बन्चित गराई राज्य विहीन अवस्थामा पु¥याउने यस खाले आदेशले हामीलाई अत्यन्तै दुः खी र चिन्तित तुल्याएको छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>