पत्रपत्रीका बिशेष

लाइसेन्स बनाइदिन्छु भन्दै १७ हजार घुस लिने विचौलिया पक्राउ

Banner

काठमाडौं– सवारी चालक अनुमति पत्र मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिने बिचौलियालाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ ।

यातायात व्यवस्था कार्यालय, बिर्तामोड, झापाबाट सवारी चालक अनुमतिपत्र (३ चक्के अटो रिक्सा) को लागि लिइने लिखित परीक्षा उत्तीर्ण गरी प्रयोगात्मक परीक्षा उत्तीर्ण हुनको लागि प्रयोगात्मक परीक्षा स्थलमा खटिने कर्मचारीलाई घुस दिनु पर्छ भन्दै सेवाग्राहीसँग रकम लिने बिचौलिया सराफ शेखलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले शेखलाई सेवाग्राहीसँग सत्र हजार घुसबापतको रकम लिसकेको अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>