समाचार

राजपा अध्यक्ष मण्डलको बैठक जारी, महाधिवेशन र पार्टी एकताका विषयमा छलफल

Banner

काठमाडौं-राष्ट्रिय जनता पार्टी (राजपा)को अध्यक्ष मण्डल बैठक आज (मंगलबार) पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको छ ।

बैठकमा पार्टीको आगामी महाधिवेशनको तयारीका विषयमा छलफल भइरहेको राजपाका महासचिव केशव झाले खबरहबलाई जानकारी दिए ।

त्यस्तै बैठकमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँगको पार्टी एकता विषयमा पनि छलफल भइरहेको छ ।

संघीय समाजवादी फोरम नेपालसँगको एकताका विषयमा गम्भीर छलफल भएको तथा फोरमले पार्टी एकताका लागि राजपालाई पत्राचार गरेकोले सोही विषयमा पनि आजको छलफल केन्द्रीत रहेको झाले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>