क्रिकेट

आईपीएल : शीर्ष स्थानका लागि कलकत्ता र चेन्नई भिड्दै, चल्ला आन्द्रे रुसेलको ब्याट ?

Banner

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) मा मंगलबार (आज) शीर्ष दुई टोलीबीच प्रतिस्पर्धा हुँदैछ । ८ अंकसहित शीर्ष दुई टोली कलकत्ता नाइट राइडर्स र चेन्नई सुपर किङ्सले शीर्ष स्थानका लागि प्रतिस्पर्धा गर्न लागेका छन् ।

समान ५ खेल खेलेका दुबै टोलीले समान चार—चार खेलमा जीत हासिल गरेका छन् । तर, नेट रनरेटका आधारमा चेन्नई दोस्रो स्थानमा छ । आईपीएलमा अहिलेसम्मका खेल हेर्दा बलियो देखिएका दुबै टोलीले चेन्नईको घरेलु मैदानमा एक—अर्कामाथि जीत निकाल्दै शीर्ष स्थानको होडमा छन् ।

कोलकत्ताको खेल हेर्दा वेष्ट इन्डीजका हिटर आन्द्रे रुसेलको अलराउण्ड प्रदर्शनले साथ दिइ रहेको छ । उनले यसअघि बैंगलोरविरुद्ध गरेको आक्रामक ब्याटिङको चर्चा सर्वत्र भइरहेको छ । उनले १३ बलमा ७ छक्कासहित ४८ रन बनाएका थिए । चेन्नईविरुद्ध पनि रुसेल आक्राक भए चेन्नईलाई शीर्ष स्थानमा पुग्न सकस हुने प्रष्ट छ ।

यता, चेन्नईका लागि भने कलकत्ताविरुद्ध अहिलेसम्मका खेलमा स्पिनरहरु हावी भएको देखिन्छ । स्टेफेन फ्लेमिङले भनेका छन् हर्वजन सिंह र मिचेल सेन्टेनरले अवसर पाए कलकत्ताविरुद्ध आक्रामक खेल्न सक्ने आसंका गरीएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>