पत्रपत्रीका बिशेष

हावाहुरी प्रभावित क्षेत्रमा प्रधान सेनापतिको अवलोकन

Banner

काठमाडौं– प्रधान सेनापति पूर्णचन्द्र थापाले गत साता आएको हावा हुरीबाट प्रभावित बाराको फेटा गाउँपालिकाको स्थलगत अवलोकन गरेका छन् ।

हावा हुरीपछिको स्थिति र नेपाली सेनाले राहत, उद्दार तथा पुनर्स्थापनाका क्षेत्रमा गरिरहेको कामको अवलोकनका लागि प्रधान सेनापति थापा सोमबार बारा पुगेका हुन् ।

प्रधान सेनापति थापाले हावा हुरी प्रभावित क्षेत्रमा राहत वितरण तथा पुनर्स्थापनाको अवस्थाबारे स्थानीय जनप्रतिनिधिसँग समेत अन्तक्र्रिया गरेका थिए ।

हावा हुरी प्रभावित क्षेत्रको अवलोकन पछि बारास्थित चन्दनाथ गण र पर्सास्थित चण्डीप्रसाद गणको निरीक्षण भ्रमण गरेर थापा सोमबार नै काठमाडौं फर्किएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>