पत्रपत्रिका

सरकार-चिकित्सक जुहारीः एक–एकलाई कारबाही–सरकार, सामुहिक राजीनामा–चिकित्सक

Banner

काठमाडौं– आजको नयाँ पत्रिका दैनिकले पनि चिकित्सकको आन्दोलनको समाचारलाई मुख्य समाचारका रुपमा छापेको छ । समाचारमा सरकार र चिकित्सकको जुहारी, मारमा विरामी आशयको समाचार छापेको छ ।

पत्रिकाले लेखेको छ– ‘सरकार भन्छः एकएकलाई कारबाही गर्छौं’, डाक्टर भन्छन्ः सामूहिक राजीनामा दिन्छौं’ । आफूहरुका माग पूरा नभए सामूहिक राजीनामा दिने गरी ७ सय डाक्टरको हस्ताक्षर संकलन भएको चिकित्सकहरूको भनाइ छ ।

यता स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डाक्टरहरु संघीयता विरुद्ध लागेको आरोप लगाएका छन् भने उता डाक्टरहरुले भने अहिले आन्दोलनमा १४ सय डाक्टर मात्र रहेको र माग पूरा नभए २२ हजार नर्स र अहेब पनि आउने चेतावनी दिएका छन् ।

डाक्टरहरुको आन्दोलने वीर अस्पतालको ओपीडी काउन्टरमै बिरामीहरु बास बस्न बाध्य भएका छन् । चिकित्सकको आन्दोलनको मुख्य आपत्ति भनेको समायोजनमा रहेको समाचारमा जनाइएको छ ।

त्यस्तै पत्रिकाले यसपाली नेपालमा दक्षिण एसियाकै तेस्रो उच्च आर्थिक वृद्धि शीर्षकमा विश्व बैंकको प्रक्षेपणको समाचार छापेको छ । विश्व बैंकले नेपालमा यो वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हुने जनाएको छ । यो भारत र बंगलादेशपछिको उच्च आर्थिक वृद्धि भएको उल्लेख गरिएको छ ।

त्यस्तै पत्रिकाले नयाँ प्रहरी ऐनको व्यवस्थाको विषयलाई पनि पहिलो पृष्ठमा ‘अब आन्तरिक प्रतिस्पर्धाबाट पनि डीएसपी’ शीर्षकमा समाचार छापेको छ ।

नेपाल प्रहरीको नायब उपरीक्षक पदमा पहिलोपटक आन्तरिक प्रतिस्पर्धाबाट बढुवा हुने भएको छ । गृह मन्त्रालयले अघि बढाएको नयाँ प्रहरी ऐनमा रिक्त पदमध्ये २० प्रतिशत ‘अन्तरसेवा प्रतिस्पर्धा’बाट बढुवा गर्ने प्रावधान राखिएको समाचारमा जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>