समाचार

विप्लव नेकपाद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक

Banner

काठमाडौं– नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । महासचिव  विप्लवले सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

सरकारको कदमप्रति विरोध जनाउँदै विज्ञप्ति मार्फत निन्दा गरिएको छ । विज्ञप्तिमा भनिएको छ– ‘सरकारको दृढताका साथ प्रतिरोध गर्न सिङ्गो पार्टी पंक्ति र आम नेपाली जनतामा पार्टी विशेष अपिल गर्दछ ।’

प्रतिबन्धित नेकपाले उसकै शब्दमा पार्टी एकीकृत जनक्रान्ति र नेपाली जनतालाई नजिस्क्याउन समेत विज्ञप्तीमार्फत चेतावनी दिएको छ ।

आफूमाथि प्रतिबन्ध लगाएर वा क्रान्तिमाथि दमन गरेर जन क्रान्तिलाई सिध्याउँला वा आत्मसर्पण गराउँला भन्ने ‘भ्रम’बाट मुक्त रहन समेत प्रतिबन्धित नेकपाले विज्ञप्तिमार्फत सरकारलाई चेतावनी दिएको छ ।

हेर्नुहोस् विप्लवले जारी गरेको विज्ञप्ति,

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>