अन्तर्राष्ट्रिय

मलेशियामा ३७ गैरकानूनी आप्रवासी फेला

Banner

मलेशिया– म्यान्मारबाट भागेर आएका रोहिंग्या मुसलमान भनि विश्वास गरिने ३७ जना गैरकानूनी आप्रवासी मलेशियाको तटमा फेला परेका छन् ।

मलेशियाको सिम्पाङ एम्पात नामक समुद्री तटमा सोमबार ३७ जना फेला परेको र उनीहरुलाई पक्राउ गरिएको मलेशियाको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरु स्वस्थ रहेको र उनीहरुलाई आप्रवासन अधिकारीको जिम्मा लगाइने प्रहरीको भनाइ छ ।

उनीहरु सोमबार सबेरै उक्त समुद्री तटमा आइपुगेको हुनसक्ने अधिकारीले जनाएका छन् । ठूलो डुङ्गामा मानवतस्करले रोहिङ्ग्याको ठूलो समूहलाई मलेशियातर्फ ल्याएको र स–सानो डुङ्गामा उनीहरुलाई मलेशियाको भूभागतर्फ पठाएको हुनसक्ने अधिकारीको आशंका छ ।

यद्यपि यसबारे अनुसन्धान भइरहेको बताइएको छ । यसअघि गत महिनामा पनि मलेशियाको तटमा ३५ गैरकानूनी आप्रवासी फेला परेका थिए ।

म्यानमारको रखायन राज्यमा म्यानमारको सुरक्षा फौजले रोहिङ्ग्या मुसलमानविरुद्ध कारवाही गरेपछि ठूलो संख्यामा मानवतस्करको पछि लागेर उनीहरु दक्षिणपूर्वी एशियाली मुलुकतर्फ गैर कानूनी रुपमा आउने गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>