पत्रपत्रीका बिशेष

२ वर्षदेखि छोरी बलात्कार गर्ने बाबु पक्राउ

Banner

भक्तपुर– विगत दुई वर्षदेखि डर र त्रास देखाएर झड्केली छोरीलाई पटक पटक बलात्कार गरेको अभियोगमा सौतेलो बाबुलाई प्रहरीले पक्राउ गरेको छ ।

चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा डेरा गरी बस्ने कक्षा ९ मा अध्ययनरत १५ वर्षे झड्केली छोरीलाई चैत १४ गते अपराह्न ४ बजे आफ्नै डेरा कोठामा बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त थिमिले रामेछाप उमाकुण्ड गाउँपालिका–७ का ३५ वर्षीय रमेशकुमार बस्नेतलाई डेराकोठाबाटै पक्राउ गरेको हो ।

झड्केली छोरी बलात्कार गर्ने बाबुविरुद्ध उनकी आमाले किटानी जाहेरी दिएलगत्तै प्रहरीले आरोपी बस्नेतलाई पक्राउ गरी सोमबार नै भक्तपुर जिल्ला अदालतबाट म्याद थप गराई थप अनुसन्धान शुरु गरेको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>