अन्तर्राष्ट्रिय

गोर्खाल्याण्डबारे के छ भाजपाको घोषणापत्रमा ?

Banner

भारत– पूर्वोत्तर भारतका नेपालीभाषी बहुल गोर्खाल्याण्डको विषयलाई समेत समेटेर भारतको सत्तारुढ भारतीय जनता पार्टी भाजपाले चुनावी घोषणापत्र जारी गरेको छ ।

बिहीबारबाट शुरु हुन लागेको आम निर्वाचनका लागि भाजपाले जारी गरेको घोषणापत्रमा नेपाली भाषी गोर्खालीका ११ जातिलाई अनुसूचित जातिको सूचीमा राखिने आश्वासन दिइएको छ ।

त्यसबाहेक घोषणापत्रमा सिक्किम राज्यको विधानसभामा नेपालीभाषी तामाङ र लिम्बू जातिलाई आरक्षण दिने बाचा गरिएको छ ।

त्यस्तै, घोषणापत्रमा पूर्वोत्तर भारतको दार्जिलिङ, पहाड, सिलिगुडी तराई र दुर्सको विषयमा स्थायी राजनीतिक समाधान खोजिने उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>