समाचार

अर्घाखाँचीमा जीप दुर्घटना, ३ जनाको मृत्यु

Banner

अर्घाखाँची– अर्घाखाँचीको सन्धिखर्कबाट प्युठान बरौला जाँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् ।

अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वाड नम्बर ८ लाट्टेबाजमा सोमबार दिउँसो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरी निरीक्षक गम्भीरजंग थापाले जानकारी दिए ।

दुर्घटनामा ज्यान गुमाउनेमध्ये प्युठान जिल्लाको ऐरावति गाउपालिकाकी १४ वर्षीया मनिका आचार्यको सनाखत भएको र अन्य २ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । घाइते १२ जना मध्ये ४ को अवस्था गम्भीर रहेको जनाइएको छ ।

गम्भीर  घाइतेहरुलाई उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ । १५ जना यात्रु बोकेको जीप उकालो ब्रेक फेल भई दुर्घटना भएको जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>