देश/प्रदेश

दुई आयोगमा अध्यक्ष तथा सदस्य छनोटको प्रक्रिया शुरु

Banner

काठमाडौँ – बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिश समितिको बैठकले योग्यता पुगेका व्यक्तिको छनोटका लागि फाराम पेश गर्न सूचना प्रकाशन गर्ने निर्णय गरेको छ ।

समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले दुवै आयोगका अध्यक्ष र सदस्यमा योग्यता पुगेका व्यक्तिलाई छनोट प्रक्रियामा फाराम पेश गर्न सूचना प्रकाशन गर्न निर्णय गरेको सो समितिका सदस्य शर्मिला कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दुवै आयोगका अध्यक्ष र सदस्यको नाम सिफारिशसम्बन्धी छनोट सम्बन्धी प्रक्रिया वेबसाइटमा राखिने बताइएको छ ।

मन्त्रिपरिषद्को यही चैत ११ गते बसेको बैठकले गरेको निर्णयअनुसार दुई आयोगको अध्यक्ष र सदस्य सिफारिशका लागि समितिले काम अघि बढाएको छ । वर्तमान पदाधिकारीको यही चैत मसान्तबाट समय सकिँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>