राजनीति
वरिष्ठ अर्थशास्त्री प्रा.डा. बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
०

काठमाडौं, मंसिर १२-
वरिष्ठ अर्थशास्त्री तथा पूर्वउपकुलपति प्रा।डा। सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध।
लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति, वरिष्ठ अर्थशास्त्री तथा विकास विज्ञ प्रा।डा। सुवर्णलाल बज्राचार्य महत्वपूर्ण जिम्मेवारीसहित उज्यालो नेपाल पार्टीको केन्द्रीय नेतृत्वमा आबद्ध हुनुभएको छ।
शिक्षा, अर्थतन्त्र, अनुसन्धान तथा संस्थागत सुशासनका क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएका उहाँलाई पार्टी सभापति कुलमान घिसिङले खादा ओढाएर स्वागत गर्नुभयो।
उहाँको आगमनले पार्टीको केन्द्रीय नेतृत्वलाई थप अनुभवी, प्राज्ञिक र सशक्त बनाउनुका साथै नीति निर्माण तथा राष्ट्र निर्माणको अभियानलाई नयाँ उचाइ दिने विश्वास लिएका छौँ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























