Breaking News
एशियन गेम्स क्रिकेटः अफगानिस्तानविरुद्ध नेपाल ५ विकेटले विजयी

काठमाडौँ, असोज ९–
नेपालले टेस्ट राष्ट्र अफगानिस्तानलाई टी–२० क्रिकेटमा दोस्रोपटक पराजित गरेको छ ।
जापानमा जारी २०औं एशियन गेम्स अन्तरगतको पुरुष क्रिकेटमा टेष्ट राष्ट्र अफगानिस्तानले जितका लागि दिएको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा मात्र ५ विकेट गुमाउँदै पुरा गरेको हो । नेपालको जितमा रोहित पौडेल अविजित ३३ रन बनाए भने सुन्दीप जोराले ३४ रनमा रनआउट भए । गुल्शन झाले विजयी रन लिए । कप्तान दीपेन्द्र सिंह ऐरी १५, कुशल मल्ल ९, आशिफ शेख २ र कुशल भुर्तेल शून्यमै आउट भए ।
अफगानिस्तानका लागि अरब गुल, फरिदुन दाउदजई र अब्दुल्लाह अहमदजाइले समान एक–एक विकेट लिए । कुशल मल्ल र सुन्दीप रनआउट भएका थिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तान निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०२ रन मात्रै बनाउन सकेको थियो । उसका लागि फैसल खान अहमदजई र नजिबुल्लाह जादरानले समान ३०–३० रन बनाए । नेपालका लागि कुशल भुर्तेलले ४, ललित राजवंशीले ३ विकेट लिए ।
नेपालले अब भोलि (शनिबार) विहान घरेलु टोली जापानसंग खेल्ने छ । नेपाल समूह ‘ए’को विजेता भएमा क्वाटरफाइनलमा श्रीलंकासंग प्रतिस्पर्धा गर्नेछ ।























