अन्तर्राष्ट्रिय

इरानमा फेरि बम हान्न सक्छौंः ट्रम्प

Banner

काठमाडौं, असार १५-

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा पुनः बम हमला गर्न सकिने बताएका छन्। शनिबार ह्वाइट हाउसमा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले परमाणु हतियार बनाउने गरी युरेनियम प्रशोधन गरेको भेटिए इरानमा अमेरिकाले पुनः बम खसाल्ने बताएका हुन्।

ट्रम्पले इरानमाथिको प्रतिबन्ध हटाउने योजना र छलफलहरू तत्कालका लागि रोकिएको पनि बताएका छन्। इरानमाथिको प्रतिबन्ध हटाउने विषयमा अमेरिकाले गोप्य ढंगबाट प्रस्ताव लगेको भन्ने समाचारहरू सार्वजनिक भएको थियो। तर इरान परमाणु कार्यक्रम रोक्ने सन्दर्भमा वार्ता गर्न तयार नभएकाले ऊमाथिको प्रतिबन्ध हटाउने योजना तत्कालका लागि रोकिएको ट्रम्पले बताएका छन्।

ह्वाइट हाउसमा उपस्थित पत्रकारहरूले इरानले युरेनियम प्रशोधनलाई निरन्तरता दिएको पुष्टि भए अमेरिकाले फेरि आक्रमण गर्छरु भनेर प्रश्न गरेका थिए। अवश्य गर्छौं। यसमा कुनै शंका छैन, शंका गर्नुपर्ने विषय पनि होइनु ट्रम्पले भने।

इरानले पुनः परमाणु कार्यक्रम सञ्चालन नगरोस् भन्ने निश्चित गर्नका लागि यसको निरीक्षण गर्ने निकाय अन्तर्राष्ट्रिय आणविक उर्जा संस्था (आइएईए)ले लगातार निगरानी गर्नुपर्ने बताएका छन्। ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले युद्धविराम भएपछि पहिलो पटक दिएको अभिव्यक्तिको जबाफ आफ्नो ट्रुथ सोसल अकाउन्टबाट दिएका छन्।

खामेनीले त्यतिबेला इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डामा धावा बोलेर इरानले अमेरिकालाई गतिलो झापड दिएको बताएका थिए।जबाफमा ट्रम्पले खामेनीलाई आफूले बचाएको दाबी गरे।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>