मनोरञ्जन
अस्ट्रेलियामा नेपाली नचाउँदै गायक दुर्गेश
०

काठमाडौँ, असार १५-
अस्ट्रेलियाका विभिन्न सहरमा गायक दुर्गेश थापाले सांगीतिक टुर गर्ने भएका छन्। ‘अस्ट्रेलिया टुर २०२५’ मार्फत जुलाई १४ देखी अगस्ट ८ सम्म थापाले अस्ट्रेलियाका नेपाली नचाउनेछन् ।
आगामी जुलाई १४ देखि अगस्ट ८ तारिखसम्म दुर्गेशले अस्ट्रेलियामा प्रस्तुती दिने छन्। १४ जुलाईमा व्रीजवेन, १७ जुलाईमा होबार्ट, २० जुलाई पर्थ, २३ जुलाई मा न्युकासल, २५ जुलाईमा क्यानबेरा, २७ जुलाई सिड्नी, १ अगस्टमा डार्बिन, ४ अगस्ट मेलबर्न र ८ अगस्ट एडिलेडमा प्रस्तुति दिनेछन्।
ब्रिज रक्स र नेप ब्रिजवेनले संयुक्त रुपमा आयोजना गर्ने उक्त कार्यक्रमको दुर्गेशसँग सत्य थापाले सम्झौता गरिसकेको आयोजक संस्थाले जनाएको छ। दुर्गेशलाई अस्ट्रेलियाको कार्यक्रममा लैजानका लागि करिब तीन करोड खर्च हुने अनुमान गरिएको आयोजक अरुण तिवारीले जानकारी दिए।