चितवन विशेष
केरुङ्गा युवा मञ्चले धान रोपाइँको आयोजना गरि मनायो धान दिवस

चितवन, असार १५-
भरतपुर महानगरपालिका वडा नम्बर–६ स्थित केरुङ्गा युवा मञ्चले धान दिवस मनाएको छ । आज (आइतबार) बृहत धान रोपाइँ एवम् दही चिउरा खाने कार्यक्रमको आयोजना गरि धान दिवस मनाएको हो ।
भरतपुर–६का वडाध्यक्ष कृष्णलाल श्रेष्ठको प्रमुख अतिथि रहनुभएको कार्यक्रममा टोल विसका संस्थाहरु शनिश्चणीमाई, सिद्दे्रश्वर, विवेकशिल, छिमेकी र सृजनशिल टोल विकास समितिका, आमा समुह, राजनीतिक समुह, राजनीतिक दल, इलाका प्रहरी कार्यालय गितानगरका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले रासायनिक मलको समस्यालाई समाधान गर्न तर्फ सरकार गम्भिर भएर लाग्नुपर्ने बताउनुभयो ।
केरुङ्गा युवा मञ्चका अध्यक्ष विष्णुबहादुर भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक मिना रानामगरले स्वागत मत्वय राख्नुभएको थियो । कार्यसमिति सदस्य सुरेन्द्र बास्तोलाले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।