देश/प्रदेश

भारतीय पर्यटक पोखरा घुम्न आउँदा बस दुर्घटना, २१ जना घाइते

Banner

रूपन्देही, वैशाख ५-

दाङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । भारतको लखनउबाट भ्रमणका लागि पोखरा जाँदै गरेको युपी ३२ एमएन ९६६६ नम्बरको गाडी कोइलाबास लमही सडक खण्डको गढवा गाउँपालिका–५ चिसापानीमा दुर्घटना हुँदा २१ जना घाइते भएका हुन् ।

इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख कालिका कार्कीका अनुसार चिसापानीको ओरालोमा बस अनियन्त्रित भएर दुर्घटना भएको थियो । बसमा २५ जना यात्रु सवार थिए । घाइतेहरूलाई उपचारका लागि लमही अस्पताल लगिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>