Breaking News

एसइइ नतिजा: चितवनमा ७३.५ प्रतिशत विधार्थी उत्तीर्ण, ३७ जनाले ल्याए ४ जीपीए

Banner

चितवन, असार १४-
माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चितवनमा ७३.५ प्रतिशत विधार्थी उत्तीर्ण भएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाई चितवनका अनुसार प्राविधिक तर्फ ८४ जना सहित ७ हजार ८८७ जना विधार्थी उत्तीर्ण भएका छन् । जसमध्ये ३७ जनाले ४ जीपीए अँक प्राप्त गरेका छन् । सबैभन्दा धेरै नारायणी नमूना माविका ७ जनाले उक्त अँक प्राप्त गरेको परीक्षा शाखाका प्रमुख रमेश अधिकारीले जानकारी दिए ।
नतिजा अनुसार ३.६ देखि ४ जीपीए मुनि २ हजार ५५, ३.२ देखि ३.६ जीपीएसम्म २ हजार ३३८ जना, २.८ देखि ३.२ जीपीएसम्ममा २ हजार १९८ जना, २.४ देखि २.८ सम्म १ हजात १७३ जना, २ देखि २.४ सम्म ८५ जना, १.६ देखि २ जीपीएसम्म मात्र १ जना उत्तीर्ण भएको अधिकारीले जानकारी दिए ।
यस्तै २ हजार ८४३ जना विधार्थी ग्रेडमा समावेश हुन असफल भएको अधिकारीले बताए । चितवनमा २३५ विधालय परीक्षामा सहभागी भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>