Breaking News

देशमा अराजकता मच्चाउने कोसिस भइरहेको छ,ट्याकल गरिन्छः ओली

Banner

काठमाडौं, भदौ १८-

प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशमा अराजकता मच्याउने कोसिस भइरहेको बताएका छन् । त्यस्ता प्रयासलाई रोक्न सरकार सक्षम रहेको पनि उनले उल्लेख गरे । मंगलवार बसेको पार्टी पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै ओलीले देशमा अराजकता मच्चाउन भइरहेका प्रयासलाई सरकारले ट्याकल गर्ने बताएका हुन् ।

‘सरकारविरुद्ध आन्दोलन गर्ने र अराजकता मच्चाउने कोसिस भइरहेको छ । सबैको ट्याकल गर्न हामी सक्षम छौं,’ उनको भनाइ उद्धृत गर्दै स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले भने । ओलीले पार्टी बैठकभन्दा बाहिर आफ्नो धारणा राख्दा पनि अराजकता मच्चाउने कोसिस भइरहेको बताउँदै आएका छन् ।

नयाँ सरकार बनेपछि देशमा सुधारका सकारात्मक संकेत देखिएको ओलीले बैठकमा दाबी गरे । ‘आर्थिक र लगानीको क्षेत्रमा केही सकारात्मक संकेत देखिएका छन् । आर्थिक विकासमार्फत नै मुलुक समृद्ध हुने हो । आर्थिक विकास भएमा अराजक क्रियाकलाप आफैँ रोकिएर जान्छन्,’ उनले भने ।

मंगलवारको बैठक पार्टी संगठनको विषयमा केन्द्रित रहेकाले ओलीले अन्य राजनीतिक विषयभन्दा एमालेलाई सुदृढ शक्ति बनाउनेबारे धारणा राखेका थिए । पोलिटब्यूरो बैठक बुधवार बिहान ११ बजे पुनः बस्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>