Breaking News
विद्यार्थी संगठनले किन गर्यो स्मल हेभेनको स्कुल बसमा आगजनी ?
०

चितवन, वैशाख ३०-
क्रान्तिकारी माओवादीका कार्यकर्ताले स्कुल बसमा आगजनी गरेको खुलेको छ। आज चितवनको भरतपुरमा स्कुल बसमा आगजनी भएको घटनामा विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) संगठन चितवन अध्यक्ष सुमनाले विज्ञप्ति निकालेर घटना आफूहरूको कार्यकर्ताले गराएको भनेका छन्। घटना भएको केहीबेरपछि विज्ञप्ति जारी गर्दै अनेरास्ववियु क्रान्तिकारीले जिम्मा लिएको हो। विज्ञप्तिमा स्कुलले चर्को शुल्क असुलेको, अभिभावकहरूलाई शोषण गर्दै आएको थाहा पाएपछि पटकपटक चेतावनी दिँदासमेत प्रवाह नगरिएकोले चेतावनीस्वरू बसमाथि आगजनी गरिएको भनिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका एसपी भावेश रिमालले पनि आफूहरूले पनि विज्ञप्ति पाएको र आगजनी गर्ने व्यक्तिको पहिचान भइसकेको बताए बिहान सवा ८ बजे भरतपुर २० को दद्रेनी नजिकै स्मल हेभेन स्कुल बसमा आगजनी भएको थियो।