राजनीति

राप्रपाले भन्यो: खगराज अधिकारीलाई भोट हाल्दैनौँ

Banner

पोखरा, वैशाख २३-

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई राप्रपाले विश्वासको मत नदिने भएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत मागेपछि राप्रपा दलका नेता पञ्चराम गुरुङले विश्वासको मत नदिने बताएका हुन् ।

‘यो गठबन्धन पवित्र छैन भन्ने बुझाई छ । तसर्थ आजको विश्वासको मतमा राप्रपाले मत दिन नसक्ने जानकारी गराउन चाहन्छु,’ उनले भने, ‘केन्द्रीय सत्ता गठबन्धनलाई हेर्ने हो भने जनताको भावना विपरीत चलेको छ । तथानाम गाली र आरोप गरिरहेका छन् ।’

उनले अहिलेको सत्ता राजनीति कुनै एउटा मात्रै दलले चलाउन नसक्ने बताए । ‘कुनैपनि एक दल वा पार्टीलाई मात्रै सरकार चलाउन सक्ने अधिकार जनताले दिएका छैनन् । दलहरूले प्राप्त गरेको मतलाई अध्ययन गर्ने हो भने मिश्रित सरकार चल्नुपर्छ,’ उनको भनाई छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>