चितवन विशेष

आज मदन भण्डारीको शव भेटिएको दिन, गाँजिपुरमा स्मृति सभा

Banner

चितवन, जेठ ५ –
भरतपुर महानगरपालिका १७ गाँजिपुरमा रहेको मदन स्मृति पार्कमा मदन भण्डारी स्मृति सभा सम्पन्न भएको छ ।

मदन भण्डारीको शव भेटिएको स्थान हो गाँजिपुर । तत्कालीन नेकपा (एमाले)का महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमयी जिप दुर्घटनामा परी मृत्यु भएको थियो । त्रिशुली नदीमा खसेर जिप दुर्घटना भएको थियो ।

दुर्घटनापश्चात जीवराज आश्रितको शव घटना स्थलमै फेला परेको थियो । मदन भण्डारीको शव भने जेठ ५ गते भरतपुर १७ को गाँजिपुरमा फेला परेको थियो ।

उक्त फेला परेको स्थानमा मदन स्मृति पार्क बनाइएको छ । पार्कमा मदन भण्डारीको शालिक निर्माण गरिएको छ । उक्त शालिकमा माल्यार्पण गरेर आज मदन भण्डारीप्रति श्रद्धाञ्जली गरिएको हो । मदन भण्डारी फाउण्डेशनको आयोजनामा भएको स्मृति सभामा नेकपा एमालेका पोलिटब्युरो सदस्य देवी ज्ञवाली, केन्द्रीय सदस्य कपिल पोखरेल, केन्द्रीय सदस्य पार्वती रावल, एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, पार्टी प्रदेश कमिटीका नेताहरु, पार्टी जिल्ला कमिटी उपाध्यक्ष कमल पाठक, उपसचिव प्रकाश ढुंगाना लगायतको उपस्थिति रहेको थियो ।

मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद ‘जबज’ को सिद्धान्त नेपालको कम्युनिष्ट आन्दोलनमा पृथक मानिन्छ । त्यहि ‘जबज’ लाई नेकपा एमालेले अनुसरण गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>