चितवन विशेष

देश बनाउन संसदमा गएकाहरुले नाङ्गो नाच देखाउन थालेः बिक्रम पाण्डे

Banner

चितवन,जेठ ५-

राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष तथा चितवन क्षेत्र नम्वर ३ का सांसद बिक्रम पाण्डेले देश र जनताको काम गर्न संसदमा गएकाहरुले नाङ्गो नाच देखाउन थालेको बताउनुभएको छ । चितवनको रत्ननगरमा शनिवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले संसदमा सत्तापक्ष र प्रतिपक्षका नाममा भएको गतिविधिले उनिहरुको चरित्र चित्रण गरेको बताउनुभयो । उहाँले देश र जनताबारे सोच्ने भन्दापनि सत्ता केन्द्रित भएका कारण यो अवस्था आएको बताउनुभयो ।

पूर्वमन्त्री समेत रहनुभएका पाण्डेले सनातन हिन्दुधर्म ध्वस्त भएका कारण पनि देशमा अराजक गतिविधि बढेको उल्लेख गर्नुभयो । उहाँले आफू जहाँ रहेपनि सधै जनताको साथमा रहने भन्दै कार्यकर्तालाई दलगत र गुटगत आधारमा नभई निस्वार्थ भावनाले संगठन निर्माणमा जुट्न आग्रह गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>