चितवन विशेष

भरतपुर १३ मा व्यक्तित्व विकास तथा संघसंस्था सञ्चालन सम्बन्धि तालिम

Banner

भरतपुर,बैशाख २३ –

भरतपुर महानगरपालिका १३ मा व्यक्तित्व विकास तथा संघसंस्था सञ्चालन सम्बन्धि तालिम गरिएको छ । वडामा क्रियाशील विभिन्न समूहका ३० जना प्रतिनिधिहरुलाई भरतपुर महानगरपालिका १३ नं. वडा कार्यालयको सहयोगमा योङ्ग–नेपाल संस्था मार्फत तालिम प्रदान गरिएको हो ।

वडा कार्यालयको सभाहलमा ज्ञान र प्रयोगात्मक गरी दुई चरणमा वैशाख १९ गते देखि ४ दिन सम्म संचालन भएको तालिममा प्रमुख प्रशिक्षकका रुपमा अजिता अधिकारी, रामकान्त पौडेल, गोविन्द न्यौपाने, सन्देश चापागाईं, तुलमान गुरुङ्ग, नविन धिताल, सुचना गुरुङ्ग रहेका थिए । तालिममा उद्घोषण कलासंगै माईन्युट लेखनका बारेमा प्रशिक्षण गराईको योङ्ग–नेपालका अध्यक्ष विवेक पोख्रेलले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि एवम् भरतपुर महानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष प्रकाश दवाडीले शनिवार तालिमको समापन गर्दै तालिमले सहभागीहरुको नेतृत्वको क्षमतामा समेत वृद्धि गरेको बताए । उनले यस्ता तालिमले मानिसको क्षमतामा निखरता ल्याउने र संघसंस्थाहरुले गुणात्मक रुपमा सफलता पाउने समेत विश्वास व्यक्त गरे । सिकेको शिपलाई व्यवहारीक ढंगबाट प्रयोग गर्न समेत उनले आग्रह गरे । २८ महिला र २ पुरुष गरेर तालिममा ३० जनाको सहभागीता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>