चितवन विशेष

निर्माण व्यवसायी संघ चितवनको अध्यक्षमा दिनेशचन्द्र न्यौपाने निर्वाचित

Banner

चितवन,बैशाख २३-

निर्माण व्यवसायी संघ चितवनको अध्यक्षमा दिनेशचन्द्र न्यौपाने निर्वाचित हुनुभएको छ । उहाँ १ सय ६१ मतका साथ निर्वाचित हुनुभएको हो । अर्का उम्मेदवार भीष्म अधिकारीले ९२ र शिव प्रसाद लौडारीले ६ मत मात्रै प्राप्त गर्नुभयो । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा माधब प्रसाद पोख्रेल निर्बिरोध निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा छवि गौतम १ सय ९२ मत ल्याएर बिजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी शैलेन्द्र भट्टराइले ६४ मत मात्रै पाउनुभयो ।

महासचिवमा पुष्कर अधिकारी निर्विरोध निर्वाचित हुनुभयो भने सचिवमा १४६ मतका साथ शिव ढकाल निर्वाचित हुनुभयो । ढकालका प्रतिस्पर्धी उत्सव भट्टराइले ११० मत पाउनुभयो । कोषाध्यक्ष पदमा प्रकाश तिवारी ९२ मतका साथ निर्वाचित हुनुभयो । उहाँका प्रतिस्पर्धीहरू प्रकाश पौडेलले ६५, विष्णु लामिछानेले ३४ र बसन्त खरेलले ६५ मत प्राप्त गर्नुभयो ।यस्तै सहकोषाध्यक्षमा अशोक लोहनी निर्विरोध निर्वाचित हुनुभयो ।

त्यसैगरी सदस्यहरुमा रसिक श्रेष्ठ, अरुण श्रेष्ठ, देवि प्रसाद भण्डारी, नमराज सिलबाल, आत्मराम कुमाल, रमाकान्त कोइराला, पदम अधिकारी र राजिव सडौला निर्वाचित  भएको कार्यालय अधिकृत शंकर अधिकारीले जानकारी दिनुभयो । यस्तै महिला सदस्यमा सोभा न्यौपाने निर्बिरोध निर्वाचित हुनुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>