समाचार

सिधाकुराका सम्पादकले अडियो दिने स्रोतलाई पोले, बयानका लागि उपस्थित हुन आदेश

Banner

काठमाडौँ,बैशाख २० –

अवहेलना मुद्दा खेपेको सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेलले आफूलाई अडियो उपलब्ध गराउने व्यक्तिको नाम पोलेका छन्।
वैशाख १७ गतेको आदेशअनुसार बयानका लागि बिहीबार सर्वोच्च अदालतका पुगेका कँडेलले आफूहरुलाई विवादित अडियो ललितपुर गोदावरीका राजकुमार तिमिल्सनाले दिएको बयानका क्रममा खुलाएका हुन्।

न्यायाधीश हरिप्रसाद फुयाल र महेश शर्मा पौडेलको इजलासमा कँडेलले अडियोको स्रोत खुलाएपछि अदालतले उनलाई पनि आइतबार बयानका उपस्थित हुन आदेश दिएको छ। मेल र फोनबाट म्याद तारिख दिएर तिमिल्सिनालाई बयानका लागि उपस्थित गराउन भनेको हो। पत्रकारिताको गोप्य स्रोतको सुरक्षा गर्नु पत्रकारको दायित्व मानिन्छ।

यस्तै सहायक प्रवक्ता गोविन्दप्रसाद तिमिल्सिनाका अनुसार बिहीबार कार्यकारी सम्पादक सम्पादक नविन ढुंगानाको बयान हुन बाँकी रहेकाले उनलाई शुक्रबार उपस्थित हुन भनिएको छ।

यसअघि वैशाख १७ गते न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले सिधाकुराका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नविन ढुंगानालाई बिहीबार (आज) बयानका लागि उपस्थित हुन आदेश दिएको थियो। आदेशअनुसार कँडेल र ढुंगाना अदालतमा उपस्थित भएका हुन्।

२०७८ वैशाख ८ गते संवैधानिक इजलासबाट अख्तियारले आफैँ पैसा दिएर स्टिङ अपरेशन गर्न पाउने नियमावलीको व्यवस्था खारेज गर्नुअघि केही मिडियाका सञ्चालक, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीश आनन्द मोहन भट्टराई लगायतले सेटिङ गरेको भन्दै सिधाकुराले अडियो सार्वजनिक गरेको थियो। उक्त अडियो फर्जी भएको र त्यसले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चले अडियोलाई आफैँ न्यायिक जानकारी (सोमोटो) लिएर अवहेलना मुद्दा अघि बढाएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>