देश/प्रदेश
सगरमाथाको शिरमा बाल्टिमोर एभरेष्ट वर्ल्डक्लास तेक्वान्दोको झण्डा

चितवन, जेठ ४-
अमेरिकाको मेरील्याण्ड राज्यको बाल्टिमोर स्थित एभरेष्ट वर्ल्डक्लास तेक्वान्दोको झण्डा सगरमाथामा पुर्याईएको छ ।
अमेरिकाको बाल्टिमोरमा जेठ ५ गतेदेखि आयोजना हुन गईरहेको दोस्रो एभरेष्ट नेशनल ओपन च्याम्पेनसिपको घोषणा सगरमाथाको शिरबाट गर्ने प्रतिवद्धता अनुरुप नेपाली माउण्टेन गाईड (हिमाल आरोहण मार्गदर्शी) सुजन गरुङले मे १३मा सगरमाथामा तेक्वान्दोको व्यानर सहित झण्डा पुर्याएका हुन् । तेक्वान्दो खेलको पहिलों झण्डा सागरमाथामा अंकित समेत भएको मास्टर कार्किले जानकारी दिएका छन् । तेक्वान्दो खेलाडी समेत रहेका गुरुङलाई एभरेष्ट तेक्वान्दो केयर फाउण्डेसनले सहयोग गरेको हो ।
खेलप्रेमी समुदायलाई तेक्वान्दो खेलको महत्व तथा यसको विशेषता सगरमाथाको शिरबाट घोषणा गर्न पाउँदा आफु हर्षित भएको कार्कीले बताए । उनले सगरमाथाको सफल आरोहण गरे वापत धन्यबाद समेत दिएका छन् ।
आगामी दिनहरुमा फाउण्डेसन मार्फत नेपालमा खेलकुद विकासका लागि सहयोग गर्ने उनले बताए । उनले जेठ ५ मा हुने दोश्रो एभरेष्ट नेशनल ओपन तेक्वाण्डो च्याम्पीयनसिप (राष्ट्रिय खुला प्रतियोगिता) को सबै खेलाडीहरुलाई शुभकामना समेत दिए ।