चितवन विशेष

सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा चितवनमा चार ठूला फुटबल प्रतियोगिता

Banner

चितवन,बैशाख १६-

सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा चितवनमा चार ठूला फुटबल प्रतियोगिता सञ्चालन हुँदैछन । जसमध्ये शनिवार दुईवटा प्रतियोगिता सुरु भएका छन । सेन्ट्रल कलेज प्रथम भरतपुर १८ गोल्डकप र सेन्ट्रल कलेज प्रथम माधवपुर गोल्डकप शनिवारदेखि सुरु भएका छन । यस्तै सेन्ट्रल कलेज भरतपुर मेयर कपको छनोट प्रकृया सम्पन्न भएको छ । ४८ मध्ये २४ टिम मेयर कपका लागि छनोट भएका छन ।

सेन्ट्रल कलेज प्रथम माधवपुर गोल्डकपमा १२ टिम सहभागि भएका छन । प्रतियोगितामा चितवन,नवलपुरका विभिन्न टिमको सहभागिता रहेको आयोजक माधवपुर खेलकुद विकास समितिका अध्यक्ष गणेश तामाङले जानकारी दिनुभयो । यस्तै सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा भरतपुर २३ सेन्ट्रल कलेज शहिद तारा(निश्चल) सीता (अर्चना) स्मृति महिला कप आयोजना हुँदैछ । बैशाख २५ गतेदेखि संचालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

खेलकुद क्षेत्रको विकासमा निरन्तर सहयोग गर्दै आइरहेको केलजले पछिल्लो समय चार ठूला प्रतियोगिताको आफ्नै टाइटलसहितको मुख्य प्रायोजन गरेको सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेलले जानकारी दिनुभयो । उहाँले कलेजलाई सबै क्षेत्रका नागरिकले विश्वास गरेको भन्दै सबैको साथ र सहयोगका लागि धन्यबाद ज्ञापन गर्नुभयो ।

उच्च शिक्षा अध्ययनका लागि विभिन्न देशमा जान चाहाने विद्यार्थीलाई परामर्श, भाषा कक्षा र भिजा प्रोसेसिङका काम गर्दै आइरहेको सेन्ट्रल कलेजले खेलकुदसंगै अन्य सामाजिक काम समेत गर्दै आइरहेको छ ।

कलेजले उच्च शिक्षा अध्ययनका लागि जापान,अष्ट्रेलिया, क्यानडा, युके, युएसए, कोरिया, युरोप लगायतका देशमा जान चाहाने विद्यार्थीलाई भाषा कक्षा, परामर्श र भिजा प्रोसेसिङका काम गर्दै आइरहेको छ । भरतपुर ओरालोस्थित आफ्नै भवनबाट विद्यार्थीलाई सेवा प्रदान गर्न थालेको कलेजले विद्यार्थी भिजामा जान चाहाने विद्यार्थीका लागि जापनिज, कोरियन भाषा ,आइएलटिएस ,पिटिइ कक्षाहरु र निःशुल्क बस सेवा समेत प्रदान गरिरहेको छ । विभिन्न सामाजिक काममा समेत सक्रिय सेन्ट्रल कलेज विद्यार्थीको पहिलो रोजाइमा पर्ने गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>