चितवन विशेष
भरतपुरमा ४५ दिने कपाल काट्ने तालिम सुरु
०

चितवन, वैशाख १६-
भरतपुर महानगरपालिका–१२ को रामबेल सामुदायिक वनमा २५ जना युवाको सहभागितामा ४५ दिने कपाल काट्ने तालिम सुरु भएको छ ।
रामबेल सामुदायिक वनको आयोजनामा जिल्ला वन पैदावार आपूर्ति समितिको सहयोगमा आज आइतबारबाट सो तालिम सुरु भएको हो ।
१२ नम्बर वडाका युवाहरुको सहभागिता रहेको तालिमलाई सीजी ल्याण्डमार्कमा रहेको पपुलर युनिलक्स सैलुनले सहजीकरण गरेको छ ।
तलिमको उद्घाटन कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख थिरबहादुर कार्की, वडा नम्बर १२ का अध्यक्ष लेखनाथ पन्त ‘हरि’, सहडिभिजन वन कार्यालय प्रमुख शान्ति शर्मा, सैलुनका सञ्चालक सुलभ सिग्देललगायतले मन्तव्य राखेका थिए । कार्यक्रम रामबेल सामुदायिक वनका अध्यक्ष माधवप्रसाद धितालको अध्यक्षतामा भएको छ ।