आगलागी/क्षति

शंखमूलको आगो नियन्त्रणमा, १० वटा पसल र घरमा क्षति

Banner

काठमाडौं, वैशाख १६-

शंखमुलको दोभानपुलस्थित वर्कशप तथा विभिन्न पसलहरुमा लागेको आगो नियन्त्रणमा आएको छ ।

आइतबार दिउँसो पौने १ बजे सुरु भएको आगलागी दिउँसो २ बजे नियन्त्रणमा आएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार आगो निभाउन प्रहरी र स्थानीय बासिन्दाका साथै ललितपुर र काठमाडौं महानगरपालिका गरी ५ वटा दमकल प्रयोग भएको थियो । आगलागीबाट पसल र घर गरी १० वटामा क्षति पुगेको एसपी अधिकारीले बताए ।

विशाल केसीले सञ्चालन गरेको अटोमोबाइल्स प्रालिमा विद्युत सर्ट भएर आगलागी सुरु भएको प्रहरीको भनाइ छ ।
आगलागीबाट कति रकम बराबरको क्षति भयो भन्ने अहिले खुलिसकेको छैन ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>