आगलागी/क्षति

ललितपुर आगलागीः भेन्टिलेटरमा उपचार सञ्जयले गुमाए दुई छोरी र श्रीमती

Banner

काठमाडौँ, वैशाख ३१-

ललितपुरमा भएको आगलागीमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा आगलागी हुँदा घाइते भएका पाँचजना मध्य तीन जनाको मृत्यु भएको हो ।

मोबिल स्टोर गरिएको टहरोमा गत वैशाख २३ गते आगलागी हुँदा सञ्जय गिरी परिवारका पाँच सदस्य घाइते भएका थिए । उनीहरुलाई उपचार गर्न ग्वार्कोस्थित किस्ट अस्पताल लगिएको थियो ।

तर, घटनाको भोलिपल्ट दुई छोरी र पछिल्लोपटक सञ्जयकी श्रीमतीको पनि मृत्यु भएपछि आगलागीमा परी ज्यान जानेको संख्या तीन जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एवम् एसपी नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार घटनाको भोलिपल्ट सञ्जयका छोरीहरु ८ वर्षीया प्रिया र ३ वर्षीया एलिसा गिरीको मृत्यु भएको थियो भने आज बिहानपख श्रीमती ३२ वर्षीया रुपाको पनि उपचारको क्रममा मृत्यु भएको छ ।

त्यस्तै आगलागीमा परी घाइते भएका सञ्जयको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ भने १५ वर्षीय भतिज नित गिरीको पनि उपचार जारी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>