राजनीति

इलाम-२ मा आज बिहान ७ देखि मतगणना हुने

Banner

इलाम,बैशाख १५-

इलाम क्षेत्र नम्बर–२ मा आज बिहान ७ बजेदेखि मतगणना गर्ने निर्णय गरिएको छ । शनिबार राति बसेको सर्वपक्षीय बैठकबाट सो निर्णय गरिएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए । उपनिर्वाचनअन्तर्गत इलाम–२ मा शनिबार बिहान ७ देखि बेलुका ५ बजेसम्म शान्तिपूर्ण रूपमा मतदान भएको थियो । यहाँ करिब ५८ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

इलाम नगरपालिका–२ स्थित गौतबुद्ध सम्मेलन केन्द्र (सिटी हल)मा मतगणना गरिनेछ । मतदान केन्द्रबाट त्यहाँ मतपेटिका ल्याइएको छ । इलाम–२ मा १९ उमेदवार चुनावी मैदानमा छन् । उनीहरूमध्येबाट एकजना प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनेछन् । यहाँको कुल मतदाता संख्या एक लाख १५ हजार ८८९ हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>