चितवन विशेष

शक्ति साकोसको स्थापना दिवसमा रक्तदानः १२३ जनाले गरे रक्तदान

Banner

चितवन, चैत १५-
भरतपुर २ क्षेत्रपुरमा मुख्य कार्यालय रहेको सर्व शक्ति ऋण तथा बचत सहकारी संस्था लिमिटेडले १२ औं स्थापना दिवसको अवसर पारेर बिहीबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

संस्था सञ्चालक समितिका बरिष्ठ उपाध्यक्ष तीर्थराज घिमिरेका अनुसार विजय नगर सदस्य सेवा केन्द्रमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २९ महिलासहित १२३ जनाले रक्तदान गरेका हुन् ।

भरतपुर १६ का वडाध्यक्ष अमृतराज हमाल प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रममा रक्तदान दानमा सबै भन्दा उत्तम दान भएको र सहकारीले स्थापना दिवसको अवसर पारेर जुन काम गरेको छ मानवताको हिसाबले महत्वपूर्ण रहेको बताउनु भएको थियो ।

सदस्य सेवा तथा राहत उपसमितिका संयोजक मिरा श्रेष्ठको संयोजकत्वमा उक्त रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो ।
चितवनको भरतपुर २ मा मुख्य कार्यालय रहेको एक हजार सात सय संख्यामा शेयर सदस्य रहेको सर्वशक्ति साकोसको भरतपुर १६ विजयनगर र भरतपुर १५ फुलबारीमा सदस्य सेवा केन्द्र सञ्चालनमा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>