खेलकुद

भरतपुर मेयर्स कप अन्तर्राष्ट्रिय आमन्त्रित ब्याडमिन्टन प्रतियोगिताको भोलिदेखि

Banner

चितवन, चैत १४–

चितवनको भरतपुर–१०, कवर्डहलमा भोलि (बिहीबार)देखि प्रथम भरतपुर मेयर्स कप अन्तर्राष्ट्रिय आमन्त्रित ब्याडमिन्टन प्रतियोगिता–२०८० सुरु हुँदैछ ।

भरतपुर भ्रमण वर्ष २०२४ को अवसर पारेर भरतपुर महानगरपालिका नगर खेलकुद विकास समितिको आयोजना, चितवन जिल्ला खेलकुद विकास समिति र चितवन जिल्ला ब्याडमिन्टन संघको सह–आयोजना र नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा चैत १५, १६ र १७ गते तीन दिन प्रतियोगिता आयोजना हुन लागेको हो । बुधबार भरतपुरमा पत्रकार सम्मेलन गरी आयोजकले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भइसकेको जानकारी दिएको छ ।

भरतपुर महानगरपालिका नगर खेलकुद विकास समितिका संयोजक विकास श्रेष्ठले प्राविधिक रुपमा सबै तयारी पुरा भइसकेको जानकार दिए । उनले प्रतियोगितालाई सफल बनाउन सबैमा आह्वान समेत गरे ।

प्रतियोगितालाई सफल बनाउन कुल १८ लाख रुपैयाँ खर्च लाग्ने मुल समिति संयोजक यमबहादुर गुरुङले जानकारी दिए ।
प्रतियोगितामा भारतलगायत छिमेकी देशसहितका कुल ३७२ खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा कुल ५ वटा इभेन्ट्स रहने छन् । जसमा ओपेन मेन्स डबल, ओपेन्स ओमन डबल, ओपेन मेन्स डबल (टस २१ ¥याङकिङ खेलाडीहरु), ओपेन मेन्सड डबल ४५ प्लस, ओपेन मेन्स डबल ५५ प्लस र मेन्स डबल सी लेभलको प्रतिस्पर्धा रहने छ , पुरुष र महिला गरी दुई क्याटेगोरीमा खेल हुनेछन् । प्रतियोगिताका सबै खेल अन्तर्राष्ट्रिय नियम अनुसार हुनेछन् ।

प्रतियोगितामा सबै राष्ट्रिय खेलाडीहरुको समेत उपस्थिति रहेकाले प्रतियोगिता महत्वपूर्ण रहेको चितवन ब्याडमिन्टन संघकाअध्यक्ष बुद्धि चौधरीले जानकारी दिए । उनले पहिलो पटक भरतपुर मेयर्स कप ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्न पाउँदा गर्वको विषय समेत रहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>