समाचार

शर्मिला वाइबालाई धरौटीमा छाड्न अदालतको आदेश

Banner

काठमाडौं,चैत १२-

भाइरल शर्मिला वाइबालाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ । हाँस्यकलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट तथा ब्ल्याकमेल गरेको आरोपमा उनी पक्राउ परेकी थिइन् । अदालतले वाइबालाई ३५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न सोमबार आदेश दिएको हो ।

म्याकुरीको उजुरीपछि प्रहरीले वाइबालाई सिन्धुपाल्चोकबाट पक्राउ गरेको थियो । वाइबाले म्याकुरीकी श्रीमीत सुन्निमा खालिङसँगको एक अन्तर्वार्ता पनि सार्वजनिक गरेकी थिइन् । जसमा म्याकुरीमाथि आरोपहरू लगाइएको थियो । म्याकुरीले यही प्रकरणमा वाइबाले २५ लाख रुपैयाँ मागेर ब्ल्याकमेल गरेको बताएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>