नवलपरासी
बर्षाका कारण गए रातिदेखि अवरुद्ध दाउन्ने सडक एकतर्फी सञ्चालनमा
०

चितवन, फागुन २१-
पानी परेका कारण आइतबार रातिदेखि अवरुद्ध पूर्वपश्चिम राजमार्गको दाउन्ने सडकखण्ड आज दिउँसोबाट एकतर्फी सुचारु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पूर्वनवलपरासीले आज दिउँसोबाट एकतर्फी सडक सुचारु भएको जानकारी गराएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक साजनकुमार शर्माले दिएको जानकारी अनुसार बुटवल नारायणगढ सडकखण्ड बिस्तारको क्रममा ठाउँठाउँमा बनेको डाइभर्सन, सडकमा गएको पहिरो र हिलोका कारण बाटो अवरुद्ध हुन पुगेको थियो । बाटो अवरुद्ध भएसँगै सयौं यात्रु आइतबार राति ११ बजेदेखि सडकमा अलपत्र परेका थिए ।