Breaking News
ल्याण्डिङ् गियरमा समस्या भएपछि पुनः काठमाडौं फर्किएको जहाज सुरक्षित अवतरण
०

काठमाडौं, असोज ११ –
विराटनगरमा ल्याण्डिङ् हुन नसक्दा पुनः काठमाडौं फर्किएको बुद्ध एयरको जहाज त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण भएको छ ।
ल्याण्डिङ् गियरमा समस्या भएपछि अवतरण हुन नसक्दा जहाज काठमाडौंतर्फ फर्किएको थियो । केही समय काठमाडौंको आँकाशमा होल्ड भएको जहाजले सुरक्षित अवतरण गरेको हो ।
जहाजले काठमाडौंको आकाशमा झन्डै १० फन्का लगाएको थियो ।
अवतरण गर्नुअघि त्रिभुवन विमानस्थलमा आधा दर्जन बढी दमकल, एम्बुलेन्स र उद्धारकर्मीहरुलाई तयारी अवस्थामा राखिएको थियो । सो जहाजले धावनमार्ग छोएपछि जहाजको दायाँ-बायाँबाट दमकल र एम्बुलेन्स जहाज गएतर्फ गुडेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>