खेलकुद
ईपीएल : ललितपुरविरुद्ध चार खेलमा काठमाडौंको पहिलो जित
०

काठमाडौं,
एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा काठमाडौं किङ्ग्स–११ ले ललितपुर प्याट्रिओट्सलाई पहिलो पटक पराजित गरेको छ ।
आजदेखि सुरु भएको ईपीएलको चौथो संस्करणको उद्घाटन खेलमा काठमाडौंले ललितपुरलाई सात विकेटले पराजित गरेको हो । लतिलपुरले प्रस्तुत गरेको १५८ रनको लक्ष्य काठमाडौँले मात्र १४.२ ओभरमा ३ विकेटको क्षतिमा पछ्यायो ।
काठमाडौँका लागि रायन बर्लले विस्फोटक ब्याटिङ गर्दै मात्र ३४ बलमा ७३ रन बनाए । उनले यस क्रममा ३ चौका र ७ छक्का हिर्काएका हुन । त्यस्तै, ओपनर रमानुल्लाह गुबाजले ५९ रन बनाए ।
यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५७ रन बनाएको थियो । ललितपुरका लागि पवन शर्राफले सर्वाधिक ६१ रन बनाए भने योगेन्द्र सिंह कार्कीले ३३ रनको योगदान दिए । काठमाडौँका लागि जितेन्द्र मुखियाले ४ विकेट लिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>