भिडियो

चितवनका गायक भुवन र एलिनाको ‘मखमली’ सार्वजनिक (भिडियो)

Banner

चितवन, साउन २–

चितवनका गायक भुवन प्यासीको नयाँ तीज गीत ‘मखमली’को भिडियो सार्वजनिक गरिएको छ ।

लोक आधुनिक भाकामा सार्वजनिक गीत ‘मखमली’ मा गायक प्यासीलाई गायिका एलिना चौहानले साथ दिएकी छिन् । गीतमा शब्द शङ्कर अधिकारी घायलको रहेको छ भने सङ्गीत गायक भुवन प्यासीको नै रहेको छ । गीतमा एरेन्ज राजेन्द्र बजगाईको रहेको छ ।

कोरोना महामारी र यसबाट जोगिनुपर्ने चेतनामूलक टुक्कासँगै माया प्रेमको विषयलाई तीज गीत मार्फत सार्वजनिक गरिएको छ । वर्तमान परिवेश सुहाउँदो चेतनामूलक गीतलाई तीजको भाकामा निर्माण गरिएको गायक प्यासीको बताए । सुर सङ्गीत स्टुडियोमा निर्माण गरिएको मखमली गीतको म्युजिक भिडियोमा सरिता दान्कुटी र देव महतोको अभिनय रहेको छ ।

चितवनमा नै छायाँकन गरिएको सार्वजनिक गीतको भिडियोमा निर्देशन शिव विकको रहेको छ । रबिन्द्र बरालको छायांकन रहेको भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>