भिडियो

चितवनमा छायाँकन गरिएको ‘सुनको चन्द्रमा’ सार्वजनिक (भिडियो)

Banner

चितवन, जेठ ७–

चर्चित गायक शिव परियार र गायिका रचना रिमालको स्वर रहेको गीत ‘सुनको चन्द्रमा’ सार्वजनिक भएको छ। दीपक शर्माको संगीत रहेको सार्वजनिक गीतमा कलाकार पुष्प आचार्यको शब्द रहेको छ । गीतमा ओम सुनारको एरेन्ज रहेको छ।

गीतको भिडियोमा शंकर बिसी, शोभित बस्नेत, उत्सव अधिकारी, दीपा–दामन्ता र डा. प्रतिक्षा पौडेलको अभिनय रहेको रहेको । गीतको भिडियो भरतपुरको पटिहानीमा छायांकन गरिएको हो । यस गीतको भिडियो मार्फत पर्यटकीय छबी बनाउन सफल पटिहानीको अम्रेला स्ट्रिट, राप्ती नदि, थारु सँस्कृति, बोटे सँस्कृति, हात्ती सफारी र थारु सँस्कृतिलाई देखाउन खोजिएको छ ।

शंकर बिसीको निर्देशक तथा कोरियोग्राफर रहेको यस गीतको भिडियोलाई दुर्गा पौडेलले छायांकन गरेका हुन् । नबिन घर्ति मगरको सम्पादन रहेको यस गीतलाई रवि एण्ड उषा मिडियाले निर्माण गरेको हो । महेश्वरमान राजभण्डारीको मिक्सिङ तथा मास्टरिङ रहेको सार्वजनिक गीत गायक शिव परियारको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>