भिडियो

निरायु र एलिनाको ‘मायाको पानामा’ सार्वजनिक (भिडियो)

Banner

काठमाडौँ, वैशाख ३०–

गायक तथा मोडल निरायु गौतमको ‘मायाको पानामा’ को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा निरायु र एलिना चौहानको स्वर रहेको छ । ओम सुनारको संगीत र एरेञ्ज रहेको यस गीतलाई गायक गौतमले नै लेखेका हुन् ।

भिडियोमा टेलिफिल्म ‘तितो सत्य’मा बाल कलाकारका रुपमा अभिनय गरेर चर्चामा आएका राज आचार्य र ‘भद्रगोल’ तथा ‘सक्किगोनी’मा ‘मुन्नी’को भूमिकामा अभिनय गर्ने प्रियना आचार्य र गायक निरायु गौतम फिचर्ड छन् । भिडियोमा रुक्मिला अधिकारी (रुक्स), निशु आइडु, दिवाकर भण्डारी र सबिना आचार्यको पनि अभिनय छ ।

पर्वतको कुश्मा, बागलुङलगायतका सुन्दर स्थानमा छायांकन गरिएको गीतको भिडियोलाई कलाकार गणेश गिरीले निर्देशन गरेका हुन् । भिडियोमा रामेश्वर हुमागाईंको छायांकन र विकास ज्ञवालीले सम्पादन गरेका छन् । गायक निरायुले यसअघि गायिका रचना रिमालसँग मिलेर ‘तिमीलाई देखेपछि’ बोलको गीत सार्वजनिक गरिसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>